झापा । 

केही दिन यता लगातार भएको बर्षाका कारण झापामा खोलानालामा आएको जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा स्तान्तरण गरिएको छ । 

गत ४ गते अन्दाजी राती ८ः३० बजेको समयमा शिवसताक्षी नगरपालिका १० बिहानी टोलस्थित टोलको पश्चिम तर्फबाट कनकाई माई खोलाले कटान शुरु गरेकोले उक्त टोलको १० घर मध्ये तीन घर परिवार जोखिम रहेकोले स्तान्तरण गरिएको हो । 

 शिवसताक्षी–१०वडा कार्यालयको समन्वयमा सोही स्थानमा रहेको मुक्तिघाटको भवनमा स्थानातरण गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

शिवसताक्षी–१० प्रेमप्रसाद उप्रेती आश्रीत परिवार संख्या ३, सोही स्थानका गोलबसी ऋषिदेव आश्रीत परिवार संख्या  ४ टुना ऋषिदेव आश्रीत परिवार संख्या  ५ जनालाई स्थान्तरण गरिएको बताइएको छ । 

संकेत तस्वीर