झापा । 

झापा बिर्तामोड नगरपालिका वडा नम्बर ८ स्थित चन्द्रगढी–बिर्तामोड सडक खण्डको हर्चनादेखि प्याकुलेर सम्मको सडक खण्डमा १० वटा बिजुलीको पोल ढलेको छ । अबिरल बर्षाको कारण आज (मंगलबार)  सो सडक खण्डमा गाडिएको  बिजुलीको १० वटा पोल  ढलेको हो । 

एउटा पोल सोही स्थानका नारायण श्रेष्ठको पक्की घरमा कोल्टिएर अड्केको,  अर्को पोल सोही स्थानका कृष्ण श्रेष्ठको पक्की घरमा कोल्टिर अड्केको र ८ वटा सोही स्थानका कामेश्वर श्रेष्ठको चिया बगानमा ढलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

 उक्त पोलमा जडित  बिर्तामोड नगरपालिकाबाट प्राप्त ५ ओटा सीसी क्यामेरा समेत पोल ढलेर खराब भएको  प्रहरीले जनाएको छ ।