बिर्तामोड। 

झापा बिर्तामोडको  पाथिभरा होटल एन्ड लजमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।  इलाम सूर्योदय नगरपालिका वडा नम्बर ४ बस्ने अन्दाजी ३८ वर्षका कर्म शेर्पा होटलभित्र झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मलेसियाबाट फर्केर उनी जेठ २८ गतेदेखि उक्त होटलमा बस्दै आएका थिए । 

होटलको बन्द कोठाभित्रबाट दुर्गन्ध आएपछि शनिवार (हिजो) बेलुका ढोका फोडेर हेर्दा झुन्डिएको अबस्थामा उनी भेटिएको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले जनाएको छ । 

शेर्पाले केही दिनअगाडि नै झुन्डिएको हुनसक्ने आशंका गरिएको छ । मृतकका आफन्त बोलाई शवको सर्जमिन गरी पोस्टमार्टममा पठाउने तयारी गरिएको प्रहरीले बताएको छ। मृतक शेर्पाका श्रीमती र नाबालक सन्तान रहेको बताइएको छ ।