झापा । 

गएरातीदेखि परेको अबिरल बर्षाका कारण भद्रपुर नगरपालिका वडा नम्बर १ स्थित लाहुरे चौक नजिकै रहेको राजपैनी खोलाको पुलमा क्षति भएको छ ।

पुलमा क्षति भएपछि भद्रपुरदेखी बनियानी केचना चल्ने भित्री मेची राजमार्ग सडक खण्डमा आवतजावत गर्ने सवारी साधन डाईभर्टसन गराई बैकल्पिक मार्गबाट द्धारा सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

 लाहुरे चौक नजिक रहेको राजपैनी खोलामा रहेको अन्दाजी ५० मिटरको सिमेन्टले बनेको कल्वर्ड पुल पानीले क्षति पुर्‍याएरपछि जोखिम अवस्थामा रहेकोले सवारी साधनहरुलाई बैकल्पिक मार्गद्धारा सुचारु गरिएको प्रहरीले बताएको छ ।