झापा । 

हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव शुरु भएको छ । बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

 कोशी र मधेस प्रदेशमा साधरणतया बदली, गण्डकी र बागमती प्रदेशमा आंशिक देखि साधरणतया बदली भई बाँकी  भूभागमा आंशिक बदली रहेको छ। कोशी  प्रदेशका झापासहित केही स्थानहरूमा तथा मधेस र बाग्मती  प्रदेशका थोरै स्थानहरुमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

आज राति कोशी र मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा  चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।