झापा । 

देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गरेका छन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारहरुले वार्षिक बजेट सार्वजनिक गरेका हुन् । संविधानतः संघ सरकारले जेठ १५ मा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गरेको हो ।

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३५ अर्व २७ करोड ९३ लाख बजेट पेश गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री रामवहादुर मगरले शनिबार चालु आर्थिक वर्ष २०८०/८१ को बजेट भन्दा करिव एक अर्व कमको बजेट सार्वजनिक गरेका थिए । मन्त्री मगरले आगामी आर्थिक वर्षको बजेटमा कृषि, उद्योग, सेवा क्षेत्र, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिएका छन् ।

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ३४ करोड रुपैयाँ बढी, बागमती प्रदेश सरकारले ६४ अर्व ५४ करोड ४ लाख ३१ हजार रुपैयाँ, गण्डकी प्रदेश सरकारले, ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । 

 त्यस्तै लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३८ अर्ब ९७ करोड रुपैयाँ, कर्णाली प्रदेश सरकारले कुल ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँ र सुदूरपश्चिम प्रदेश सरकारले ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट ल्याएको छ ।