बिर्तामोड, १ असार । 

बिर्तामोड उद्योग बाणिज्य संघलाई घनेन्द्रराज  पाण्डे (जीपी पाण्डे) ले आर्थिक सहयोग गरेका छन् ।  आगलागी लगायतका घटनाका कारण व्यवसायीले ब्यहोर्नु परेको क्षतिमा तत्काल राहत उपलब्ध गराउने उद्देश्यले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’ का लागि उनले आर्थिक सहयोग गरेका हुन् । 

संघले केही समय अघि मात्र स्थापना गरेको एक करोड रुपैयाँको व्यवसायी राहत कोषमा पाण्डेले जन्म दिनको अबसर पारेर २१ हजार १ सय ११ रुपैयाँ प्रदान गर्दै संघको सकारात्मक कार्यको प्रशंसा गरे ।  व्यवसायीलाई विपद् पर्दा सहयोग पु¥याउन कोष स्थापना भएकोले खुशी ब्यक्त गरे । उनले सबै व्यवसायीले सहयोग गर्दै कोषलाई बढाएर  लानु पर्ने बताएका छन् । 

जन्म दिनको अबसरमा अधिकांशले फजुल खर्च  गर्ने गरेको बताउँदै पाण्डेले सामाजिक हितका लागि त्यो पैसा खर्च गर्दा भोलि विपद्मा पर्नेलाई राहत उपलब्ध गराउन मद्धत पुग्ने सोचले सहयोग गरेको बताएका छन् ।  उनले सबैलाई कोष बृद्धिका लागि अपिलसमेत गरेका छन् । 

समाजसेवी तथा व्यवसायी समेत रहेका पाण्डेले  संघका अध्यक्ष राजु न्यौपानेलाई रकम प्रदान गर्दै संघका अध्यक्ष लगायत सबै पदाधिकारीलाई धन्यवाद समेत दिए । सो कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे ‘राजु’, कोषाध्यक्ष युवराज निरौला, व्यवसायी राजेन्द्र थापा, सञ्चार उद्यमी राजेन्द्र चम्लागाई लगायतको उपस्थिति रहेको थियो ।