झापा । 

सिरक डसना बनाउने काम गर्दै आएका भारतीय नागरिकले किर्ते गरी नागरिकता लिएको थाहा भएपछि प्रहरीले उनीसँगै एक जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । 

भारतको बिहार जिल्ला मोतिहारी थाना केतवाड ५ घर भई हाल कमल गाउँपालिका वडा नम्बर ५ मा सिरक डसना बनाउने काम गर्दै आएका ३२ बर्षिय सम्सुल मन्सुरी र नागरिकता बनाउँदा संलग्नता रहेको आरोपमा ४० बर्षिय सुमन चापागाईलाई समेत पक्राउ गरिएको छ ।

मन्सुरीले मो.फिरदौस अन्सारीको नागरिकताको विवरणसँग मिल्ने विवरण भरेर फोटो टासी नागरिकता किर्ते गरी कमल गाउँपालिकास्थित कर्णाली साकोसमा खाता खोली नेपाली नागरिकता प्रयोग गरेको पाइएको अनुसन्धानका क्रममा प्रहरीले जनाएको छ । 

त्यस्तै उनले कमल गाउँपालिका–५ मा ११ धुर जग्गा खरिद गरेको, जन्मदर्ता, विवाह दर्तालगायतका कागजातसमेत बनाएर मो.फिरदौस अन्सारीको नागरिकता दुरुपयोग गरेको सूचनाको आधारमा उालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

सूचनाको आधारमा नियन्त्रण गरी मन्सुरीको शरिर, घर कोठा खानतलासी गर्दा फिरदौस अन्सारीको नागरिकता विवरण हवहु मिल्ने विबरण भएको नागरिकता फेला पारेर प्रारम्भिक अनुसन्धान गर्दा चापगाईको समेत संलग्नता रहेको खुलेकाले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान इलाका प्रहरी कार्यालय दमकमा राखेर भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई गत जेठ २२ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।