• रन्जित परियार

बुट्टावारी ।  

स्वच्छ समाजका लागि सामाजिक अभियान अर्जुनधारा ११ झापालाई दृष्टि बिहिन तथा असहायका आवासका लागि पूर्व माननीय इङ्गनामले आर्थिक  सहयोग गरेका छन् । 

अभियानले असाय दृष्टिबिहिन, अपाङ्ग, दीन दुःखीहरुलाई बस्ने आवास निर्माणका लागि बाटाका टुटेफुटेका सिसा, प्लास्टिकलगायत संकलन गरि बिक्री गरि आएको रकमले अर्जुनधारा ११ प्रगतिटोल देवनिया बस्तिमा २ कट्ठा ७ धुर जमिन खरिद गरेता पनि आधा रकम भुक्तानी गर्न बाँकी रहेको अभियानका अध्यक्ष सामाजिक अभियन्ता गणेश ढुङ्गानाले बताएका छन्। 

यसै क्रममा एक व्यक्ति एक धुर सहयोग गर्ने अभियान अन्तर्गत पूर्व माननीय शेरबहादुर इङ्गनाम र उनकी धर्मपत्नी देबिमाया इङ्गनामले पितृहरुको नाममा एक धुर बराबरको रकम सत्तरी हजार अध्यक्ष गणेश ढुङ्गानालाइ हस्तान्तरण गरेका हुन् । 

कार्यक्रममा अभियानलाई आवास बनाउने जस्तो पुन्य कार्यमा हैसेमा होस्टे गरि सहयोग गरेको भन्दै सामाजिक व्यक्तित्व अभियानका  आजिवन सदस्य बोलप्रसाद कोइराला, रन्जन बस्नेतले दोसल्ला ओडाएर सम्मान गर्दै धन्यवादसँगै शुभकामना व्यक्त गरेका थिए ।