- रन्जित परियार
बुट्टाबारी ।
स्वच्छ समाजका लागि सामाजिक अभियान अर्जुनधारा ११ झापालाई आवासका लागि स्थानीय इङ्गनाम परिवारले आर्थिक सहयोग गरेका छन् । अभियानले असाय दृष्टिबिहिन, अपाङ्ग, दिन दुःखीहरुलाई बस्ने आवास निर्माणका लागि बाटाका टुटेफुटेका सिसा, प्लास्टिक आदि संकलन गरि बिक्री गरि आएको रकमले अर्जुनधारा ११ प्रगतिटोल देवनिया बस्तिमा २ कट्ठा ७ धुर जमिन खरिद गरेको छ ।
जग्गा गखरिद गरेपनि आधा रकम भुक्तानी गर्न बाँकी रहेको अभियानका अध्यक्ष तथा सामाजिक अभियन्ता गणेश ढुङ्गानाले बताएका छन् । यसै क्रममा एक ब्यक्ती एक धुर सहयोग गर्ने अभियान अन्तर्गत अर्जुनधारा नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत सामाजिक ब्याक्तित्व गिता कुमारी राई इङ्गनाम र अर्जुनधारा नगरपालिका वडा न ११ का अध्यक्ष खगेन्द्र इङ्गनाम साथै उनीहरुका छोरा बुहारी असिम र अनिसा इङ्गनाम सहितबाट पितृहरुको नाममा एक धुर बराबरको रकम ७० हजार एक सय एघार रुपैयाँ अभियानका आर्थिक संयोजक बुद्धिलाई चौधरी र अध्यक्ष गणेश ढुङ्गानालाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा अभियानलाई आवास बनाउने जस्तो पुन्य कार्यमा हैसेमा होस्टे गरि सहयोग गरेकोमा सामाजिक ब्यक्तित्व अभियानका आजिवन सदस्य बोलप्रसाद कोइराला एवम् सचिब अभिचन्द्र बास्कोटाले इङ्नाम परिवारलाई खदा ओडाइ सम्मान व्यक्त गरेका थिए ।
सडक किनारामा गाएर आफ्नो जिबिका चलाउने दृष्टिबिहिन जस्ता असायका लागि निर्माण हुन लागेको आवास एवम् जमिनका लागि सहयोग गर्न पाउँदा खुसी लागेको र यो इमानदार साथ सम्पन्न गर्नका लागि सहगोगी वडाध्यक्ष खगेन्द्र इङ्गनाम, पूर्व राष्ट्रसेवक गिताकुमारी राईले शुभकामना व्यक्त गरेका थिए ।