झापा । 

इलाम चुलाचुली गाउँपालिका वडा नम्बर ५ चपेटीस्थित दमक–लारुम्बा भित्री सडक खण्डमा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा इलाम माङ्सेबुङ ५ का अन्दाजी ३०/३१ बर्षिया शर्मिला वानेम माङ्सेबुङ–३ का निरु लिम्बुको छोरा अन्दाजी २÷३ बर्षिय  निहाङ लिम्बु रहेका छन् । 

त्यस्तै घाइते हुनेमा माङ्सेबुङ– ३ खलङ्गेकी  अन्दाजी वर्ष २६/२७ बर्षिया निरु लिम्बु रहेकी छन् उनको लाइफ लाइन अस्पताल दमक उपचार भइरहेको प्रहरीले जनाएको छ । 

सोमवार साँझ ५ः५० बजेको समयमा दमकदेखि माङ्सेबुङतर्फ जाँदै गरेको तत्काल (लु १ च ९४९१ नम्बरको  डबल क्याब बोलेरो गाडी भन्ने बुझिएको, तर एकिन नभएको) प्रहरीले जनाएको छ । 

 रतुवा खोला पार गर्ने क्रममा खोलामा आएको बाढीको कारण गाडी बगाए बेपत्ता भएको भन्ने खबर ६ः५५ बजे टेलिफोन मार्फत जिल्ला प्रहरी कार्यालय इलाममा जानकारी प्राप्त हुनासाथ तत्काल प्रहरी टोली घटना स्थल पुगेको थियो । 

उक्त गाडीमा चालकसहित जम्मा ६ जना सवार रहेका थिए । घटना स्थलदेखि अन्दाजी १/२ किलोमिटर आसपासमा मृत अवस्थामा फेला पारी घटनास्थल तत्काल सुरक्षित राखेर आवश्यक अनुसन्धान तथा कानुनि प्रकृयाको लागि इलाका प्रहरी कार्यालय दमक प्रहरी टोली खटिएर चालकसहित तीन जना सकुशल निस्किएको भन्ने बुझिएको प्रहरीले जनाएको छ ।

  चालक तत्काल सम्पर्कमा नआएको, बुझ्ने कार्य तथा गाडी घटना स्थलबाट निकाल्ने पहल भइरहेको सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।