झापा ।
नेपाल दशनामी समाज केन्द्रीय कार्यालय घरजग्गा व्यवस्थापनका लागि मधेश प्रदेशका बन्धुहरुबाट १८ लाख वढी रुपैयाँ घोषणा भएको छ । आर्थिक स्रोत संकलन गर्न मेची–महाकाली अभियान अन्तर्गत मधेश प्रदेशमा भएको भेलामा बन्धुहरुबाट १८ लाख ८४ हजार ५०५ रुपैयाँ घोषणा भएको समाजका केन्द्रिय कार्यवाहक महासचिव अशोक गिरीले जानकारी दिए ।
गत शनिवार बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं ७ मा समाजको भेला भएको सम्पन्न भएको थियो । समाजका मधेश प्रदेश अध्यक्ष रामचन्द्र गिरीको अध्यक्षतामा भएको भलामा प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधिमुलक सहभागीता रहेको थियो ।
समाजका केन्द्रीय अध्यक्ष गोविन्दविक्रम गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थापक संरक्षक कृष्णकुमार गिरी, जनप्रतिनिधिहरु, उद्योग महासंघ, शिक्षक संगठन, जिल्ला प्रहरी प्रमुखलगायतको विशिष्ठ आतिथ्य रहेको थियो ।
कार्यक्रममा उपाध्यक्षहरु सुरेश गिरी, ध्रुव गिरी, तुलसी गिरी, कार्यवाहक महासचिव अशोक गिरी, सचिव सन्तोष गिरी, सल्लाहकार वालकृष्ण गिरी, सदस्यहरु मिरा पुरी, एलबी गिरी, तुलसी गिरी, गायत्री भारती, घिसिङ गिरी, दिगम्बर गिरीलगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा सहयोग रकम घोषणा गर्ने दाताहरूले यथाशिघ्र समाजको केन्द्रीय कार्यालय निर्माण हुनुपर्ने र सो कार्यका लागि सबैले आर्थिक योगदान गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रम मधेश प्रदेश भरीका जिल्लाबाट उत्साहजनक सहभागिता रहेको थियो । सहयोग घोषणा गनुै प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षहरुले आफ्ना समितिका तर्फबाट अर्को आगामी दिनमा बढीभन्दा बढी सहयोग संकलन गरी केन्द्रीय समितिको खातामा जम्मा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।