बिर्तामोड ।

बिर्तामोड उद्योग बाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’का लागि रकम संकलन शुरु भएको छ ।  संघका कोषाध्यक्ष युवराज निरौलाले आफ्नो जन्म दिनको अवसर पारेर कोषमा ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका हुन् ।

बिर्तामोडका ब्यवसायीलाई बिपद् पर्दा सहयोग गर्ने उद्देश्यले संघले एक करोड रुपैयाँको व्यवसायी राहत कोष  स्थापना गर्न लागेको हो । आफैंबाट रकम जम्मा गरेर कोष सञ्चालनको शुरुवात गरिएको कोषाध्यक्ष निरौलाले बताए । 

व्यवसायीको हितका लागि बिर्तामोड उद्योग वाणिज्य संघले एक वर्ष भित्र कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने लक्ष्य लिएको संघका अध्यक्ष राजु न्यौपानेले बताएका छन् । 

‘जन्म दिनको अवसरमा संघका कोषाध्यक्ष युवराजजी आफैंले रकम जम्मा गरेर कोष सञ्चालनका लागि सक्रियता देखाउनु भएको छ’ अध्यक्ष न्यौपानेल भने ‘त्यसका लागि धन्यवाद दिन चाहन्छु’ ।