झापा । 

झापाको भद्रपुर नगरपालिका ९ शान्ति चौकमा धारीलो हतियारले (दाउ)  प्रहार गरी भाग्दै गरेको अवस्था प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

भद्रपुर–९ स्थित शान्ति चौककी १७ बर्षिया श्रेया राईलाई भद्रपुर–६ भानु चौकका  १८ बर्षिय अभिषेक कर्णले आज (शुक्रवार) १०ः४५ बजेको समयमा धारीलो हतियार प्रहार गरेका थिए । धारिलो हतियार प्रहार गरेर भाग्दै गरेको अवस्थामा उनलाई प्रहरी चौकी घोडामाराको दुई जनाको टोलीले दाउसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापामा बुझाएको छ । 

घाईते श्रेया राईलाई तत्काल उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगेर उपचार भइरहेकोमा थप उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ ।

घाईतेको टाउको, दुबै हातमा चोट, अवस्था तत्कालको मध्यम रहेको, उपचारमा आफन्त संलग्न रहेको जनाइएको छ । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

तस्वीर संकेत