झापा । 

अविरल वर्षासँगै परेको चट्याङले झापाको दुई वटा पालिकामा क्षति पुर्याएको छ ।  कचनकवल गाउँपलिका वडा नम्बर ७ फर्साडाँगी र झापा गाउँपालिका वडा नं नम्बर ३ स्थित टाघनडुब्बा मा क्षति पुर्याएको हो । 

कचनकवल–७ स्थित फर्साडाँगीका ४५ बर्षिय देवराज न्यौपानेको मिल घरमा जडान गरेको बिजुलीको मिटरमा चट्याङ लागि आगलागी भएर क्षति भएको हो । गएराती ८ बजेको समयमा बर्षासँगै परेको चट्याङ्गले न्यौपानेको मिल घरमा ७ हजार मूल्य बराबरको क्षति पुर्याएको प्रहरीले जनाएको छ । 

त्यस्तै अन्दाजी गएराती नै ७ः३० बजेको समयमा आएको अविरल वर्षासँगै परेको चट्याङले झापा गाउँपालिका वडा नम्बर ३ टाघनडुब्बाका ३२ बर्षियको अशोक गणेशको इट्टा सिमेन्टले बनेको टिनको छानो भएको एक तल्ले घरमा जडान गरीएको विजुलीको मिटर, सोलार प्यानल र विजुली तार समेत पूर्ण रुपमा जलेर नष्ट हुँद्या १० हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।