अर्जुनधारा । 

झापाको अर्जुनधारा नगरपालिकाले केही दिन अघि आगलागी भएको परिवारलाई तीन बण्डल जस्ता पाता (टिन)  प्रदान गरेको छ । अर्जुनधारा–८ का मजनुर महम्मदको घरमा केही दिन अघि आगलागी भएर टिन र लत्ताकपडा जलेर नष्ट भएको थियो ।

घरमा आगलागी भएर पिडीत बनेको महम्मदको परिवारलाई अर्जुनधारा नगरको बिपद ब्यवस्थापन अन्तरगत तीन बण्डल जस्ता पाता हस्तान्तरण गरिएको छ । 

नगरको बिपद ब्यवस्थान शिर्षक अन्तरगत महम्मदलाई जस्ता पाता प्रदान गरिएको बताइएको छ । सोमवार (आज) अर्जुनधारा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, नगरका विपद ब्यवस्थापन संयोजक सन्तोष मेचेलगायतले महम्मदको घरमै पुगेर जस्तापाता प्रदान गरेको नगरका प्रेस संयोजक नन्दलाल खतिवाडाले जानकारी दिए ।