हल्दीबारी । 

झापाको हल्दीबारी गाउँपालिकामा महिलाहरुलाई नौमती बाजा बजाउने तालिम शुरु गरिएको छ । संयुक्त महिला आवाज नेपाल संस्था र हल्दीबारी गाउँपालिकाको संयुक्त आयोजनामा १५ दिने तालिम शुरु भएको हो । 

नौमती बाजा बजाउने प्रचलनलाई सिकेर समूह बनाएर व्यवसायीक बनाउन गाउँपालिकाले बाजागाजा तथा पोशाकमा सहयोग गर्ने हल्दीबारी गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष रविन्द्र लिङदेनले बताएका छन् । 

महिला दिदीबहिनीहरुलाई स्वरोजगार बनाउने उद्देश्यले तालिम आयोजना गरिएको संस्थाकी हल्दिबारी शाखा अध्यक्ष शान्ता शिवाकोटीले बताइन्।

संयुक्त महिला आवाज हल्दिबारी कि अध्यक्ष शान्ता शिवाकोटीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा वडा नं १ का वडाध्यक्ष देवीबहादुर थापा, ४ नं वडाध्यक्ष सन्तकुमार थापा, संस्थाकी केन्द्रीय अध्यक्ष शिखा खडका गणेश, गोलधाप प्रहरी चौकी ईन्चार्ज संजय चौधरी लगायतको आतिथ्यता रहेको थियो । स्वागत शारदा लिङदेनले गरेको कार्यक्रमको सञ्चालन संस्थाकी सचिव रेनुका राईले गरेकी थिइन्।

हल्दीबारी गाउँपालिकाका ५ वटै वडाका महिलाहरूको सहभागिता रहेको तालिमको मुख्य प्रशिक्षक राजकुमार शिवा रहेका छन्। जेठ १३ गतेबाट शुरु भएको तालिम १५ दिन सञ्चालन हुनेछ ।