भद्रपुर । 

भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर झापाले यस आर्थिक बर्षको १० महिनाको अवधिमा ६३ करोड ६९ लाख एक हजार ७२२ रुपैयाँ राजश्व संकलन गरेको छ । 

आर्थिक बर्ष २०८०/०८१ अन्तरगत साउनदेखि बैशाख मसान्तसम्ममा मालपोत कार्यालय भद्रपुरले उक्त रावश्व संकलन गरेको कार्यालयले जनाएको छ । 

मालपोत कार्यालय भद्रपुर झापाका अनुसार सेवा करबापत ५ करोड ९२ लाख ३४ हजार ३८४, रजिष्टे«शन दस्तुरवापत ३९ करोड १७ लाख ८७ हजार १०५, छुटवापत ५ करोड १० लाख ५४ हजार १०४, डोर सुबिधा शुल्कबापत १ लाख ६५ हजार, पुँजीगत लाभ करवापत २३ करोड ६६ लाख ७३ हजार ८३० र विलम्भव शुल्कवापत ९५ हजार ५०६ रुपैयाँ गरेर यस आर्थिक बर्षको १० महिनाको अवधिमा जम्मा ६३ करोड ६९ लाख एक हजार ७२२ रुपैयाँ राजश्व संकलन गरेको कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा छ ।  

आर्थिक बर्ष २०७९/०८० मा मालपोत कार्यालय भद्रपुर झापाले ४३ करोड २० लाख ९२ हजार ६१५ रुपैयाँ मात्र राजश्व संकलन गरेको थियो । त्यसको तुलनामा यस बर्ष राजश्य बृद्धि देखिएपनि जग्गाको मूल्यको बृद्धिका अवस्थालाई हेर्ने हो भने खासै बृद्धि नभएको कार्यालय प्रमुख शेरबहादुर भण्डारीले बताए । उनले झापामा मात्र नभएर अन्य जिल्लाहरुमा पनि जग्गाको कारोवार एकदमै न्युन हुने गरेको बताए ।  

झापाका १५ पालिका मध्ये उक्त मालापोत कार्यालयले १० वटा स्थानीय तहको जग्गाको कारोवार हेर्दे आएको छ । आर्थिक मन्दीका कारण पनि जग्गाको कारोवार एकदमै कम भएकाले राजश्व संकलनमा समेत कमि आएको उनको भनाई छ ।