बिर्तामोड । 

बिर्तामोड उद्योग वाणिज्य संघले एक करोड रुपैयाँको राहत कोष स्थापना गरेको छ ।  संघमा आवद्ध सदस्य तथा फर्ममा हुने दैविक विपत्तिका कारण व्यवसायीलाई पुग्ने क्षतिलाई मध्यनजर गर्दै विपतमा परेका व्यवसायीलाई राहत उपलब्ध गराउने उद्देश्यले कोष स्थापना गरिएको हो ।

राहत कोषमा रकम जम्मा गर्न शुरु गरिएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको विहीवार बसेको बैठकले कोष स्थापनाको निर्णय गर्दै रकम संकलन कार्य शुरु गरेको हो । 

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले विपतमा व्यवसायीलाई राहत उपलब्ध गराउन सकियोस् भन्ने उद्देश्यले कोषको स्थापना गरिएको महासचिव कुशल खतिवडाले जानकारी दिए । त्यस्तै बैठकले विभिन्न उप समितिहरु गठन गरेको छ ।  संघका पूर्व अध्यक्ष प्रकाश शिवाकोटी संयोजक रहेको राजनीतिक दल सहजीकरण समिति गठन भएको छ । 

संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे राजु संयोजक र शत्रुघनप्रसाद गुप्ता सदस्य रहेको महसंघ तथा विशिष्ठ व्यक्तिसँगको सहकार्य समन्वय समिति गठन गरेको छ । यसैगरी  विशाल थापाको संयोजकत्व र डिल्लीराम कोइराला सदस्य रहेको जिल्ला प्रशासन, प्रहरी तथा सुरक्षा समन्वय समिति गठन गरिएको छ । 

जीवनकुमार खड्काको संयोजकत्व र  अनन्तलाल महतो सदस्य रहने गरी व्यवसायिक समस्या समाधान समिति गठन भएको छ । गोमा भट्टराईको संयोजकत्व र सुशीलाकुमारी कार्की सदस्य रहेको संघ संस्था समन्वय समिति गठन भएको छ । 

पुकार बरालको संयोजकत्व र रमेश घिमिरे सदस्य रहने गरी कृषि बजार व्यवस्थापन समन्वय समिति गठन भएको महासचिव कुशल खतिवडाले जानकारी दिए । 

त्यस्तै राजकुमार साहको संयोजकत्व र कृष्णप्रसाद बजगाई सदस्य रहेको भन्सार सम्बन्धी समन्वय समिति, युवराज निरौला संयोजक र केदार खनाल सदस्य रहेको आन्तरिक राजश्व तथा कर सम्बन्धी समन्वय समिति गठन भएको बताइएको छ ।

 तिलोत्तमा खत्री संयोजक र सुष्मा उप्रेती सुबेदी सदस्य रहेको महिला उद्यमी समन्वय समिति गठन गरिएको छ भने संघ एवम् अतिथिसदन मर्मत व्यवस्थापन समितिको संयोजकमा दिनेश श्रेष्ठलाई चयन गरिएको संघका महासचिव तथा प्रवत्ता खतिवडाले जानकारी दिए ।