भद्रपुर ।
२५६८ औ बुद्ध जयन्तीको अवसरमा नेपाल तामाङ घेदुङ भद्रपुर र दे छयोलिङ गुम्बा भद्रपुर १० को संयुक्त आयोजनामा आज (बिहीवार) नगरमा शान्ति पदयात्रा सम्पन्न भएको छ ।
नेपाल तामाङ घेदुङ भद्रपुर नगर अध्यक्ष बसन्त मोक्तान तामाङको संयोजकत्व र गुम्बा समिति अध्यक्ष राजकुमार योन्जन तामाङको अध्यक्षतामा शान्ति पदयात्रा सम्पन्न भएको हो ।
भद्रपुर नगरपालिका वडा न ८ का वडाध्यक्ष गौरब सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति सचिब मानबहादुर तामाङ, जिल्ला सदस्य इन्द्रमाया तामाङ, बिद्यार्थी घेदुङ जिल्ला सदस्य अंचल तामाङ, घेदुङ पूर्व नगर अध्यक्ष प्रेमबहादुर तामाङ, नेपाल आदिबासी जनजाति महासंघ भद्रपुर नगर अध्यक्ष शमशेर तामाङ, युवा घेदुङ उपाध्यक्ष समिर तामाङ, दे छयोलिङ गुम्बा उपाध्यक्ष रामबहादुर घिसिङ, पूर्व अध्यक्ष राजकुमार बम्जन, किरात याक्थुङ चुम्लुङ भद्रपुर नगर उपाध्यक्ष सुनिता लामा सुहाङ, समाजसेवी कान्द्रु राजबंशी, भद्रपुर नगरका ३ वटै गुम्बा समितिका प्रतिनिधिहरु उपस्थित रहेको थियो ।
शान्ति पदयात्रापछि गुम्बा परिसरमा भेला भएर लामा गुरु हरुबाट बुद्ध धर्म बुद्धका उपदेश र बुद्ध दर्शन बारे प्रबचन समेत भएको थियो । प्रेम तामाङ, मानबहादुर तामाङ, शमशेर तामाङ र राजकुमार बम्जनले शुभकामना मन्तब्य राखेको कार्यक्रममा आज सँझमा महेन्द्र पार्कस्थित रजत जयन्ती चौकमा भेला भई २५६८ औ बुद्ध जयन्तीको अवसरमा वडा न ८ का वडा अध्यक्ष गौरब सुब्बा र भद्रपुर नगर घेदुङ अध्यक्ष बसन्त तामाङबाट दिप प्रज्वलन गरेर कार्यक्रम समापन भएको थियो ।
स्वागत सल्लाहकार महेश घिसिङ तामाङले गरेको कार्यक्रमको सञ्चालन नेपाल तामाङ घेदुङ भद्रपुर सचिब राकेश तामाङले गरेका थिए ।