सुरुङ्गा । 

झापाको कनकाई नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा सुरज श्रेष्ठ आएका छन् । सामान्य प्रशासन मन्त्रालयबाट श्रेष्ठ प्रमुख प्रशासकीय अधिकृतको रुपमा कनकाई नगरपालिका आएका हुन् ।

श्रेष्ठले आजदेखि नगरपालिकामा कार्यभारसमेत सम्हालिससेका छन् । श्रेष्ठ राज्य पुनरसंरचनापछि बनेको कनकाई नगरपालिकाको सातौं प्रमुख प्रशासकीय अधिकृत हुन् । सूचना विभागमा कार्यरत उनी उपसचिवमा बढुवा भएपछि सामान्य प्रशासन मन्त्रालयमा गएका थिए । 

२४ वर्ष राष्ट्रसेवक कर्मचारीका रूपमा सेवा गरिससकेका श्रेष्ठ पहिलोपटक स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कनकाई नगरपालिका आएका हुन् । श्रेष्ठ इलामको सूर्योदय नगरपालिका –१० का स्थायी बासिन्दा हुन् ।