झापा ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको साधारण सभा र नयाँ नेतृत्व चयनको मिति नजिकिएसँगै नेतृत्वका आकांक्षी व्यवसायीहरुले गोप्य रणनीतिका साथ आन्तरिक तयारीलाई तीव्र पारेका छन् । पटक–पटक मिति सर्दै आएको साधारण सभाको मिति जेठ ५ गते शनिबारका लागि तोकिएको छ ।
नेपाली कांग्रेसले सकेसम्म सहमतिमा निर्विरोध नेतृत्व चयन गर्नुपर्ने सन्देश प्रवाह गरेपनि विगतदेखि नै गुट बनाएर प्रतिस्पर्धा गर्दै आएका व्यवसायी यसपटक पनि निर्वाचनबाट नयाँ नेतृत्व छान्नुपर्ने भन्दै अध्यक्ष तथा पदाधिकारीका लागि आन्तरिक छलफलमा लागिरहेका छन् ।
अध्यक्षका लागि तृतीय उपाध्यक्ष दीपक थापा, तारानाथ अर्याल, संस्थापकमध्येका चिरञ्जीवी बस्याललगायतले तयारी गरेका छन् । तर प्यानल सार्वजनिक गर्दा अर्को समूहले चलखेल गर्ने र फुटाउने त्रासले सबैले आफ्नो रणनीति अतिगोप्य राखेका छन्