झापा ।
झापाको झापा गाउँपालिकाले कक्षा ९ मा अध्यनरत ३४३ विद्यार्थीहरुलाई साइकल वितरण गरेको छ । आज (आइतबार) पालिका भवनमा आयोजित कार्यक्रममा उनिहरुलाई पालिकाको २०८०र०८१ को शिक्षामा बिनियोजन गरिएको बजेट मार्फत टेन्डरबाट ३९४ साइकल करिब २९ लाख बराबरको खरिद गरि गाउँपालिका कार्यवाहक अध्यक्ष अन्जु देवी थपलियाले वितरण गर्नु भएको थियो ।
शिक्षा शाखाको आयोजनामा भएको साइकल वितरण कार्यक्रममा बोल्दै कार्यवाहक अध्यक्ष थपलियाले कोहि पनि विद्यार्थीले उच्च शिक्षाको लागि बिद्यालय जानबाट बन्चित नहोस् भनेर झापा गाउँपालिकाका ५ माध्यमिक विद्यालयका कक्षा ९ मा अध्यान गर्ने विद्यार्थीलाई साइकल उपलब्ध गराएको बताइन् ।
झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले अगाडि बढाएको शिक्षा ,स्वास्थ जस्ता कुरालाई निरन्तरता दिने बताउदै थपलियाले शिक्षामा सुधार ल्याउन कक्षा ८ देखी १० सम्मका सामुदायिक बिद्यालयमा अध्यान गर्ने विद्यार्थीलाई निःशुल्क कोचिङ्गको व्यवस्था समेत गर्न लागेको बताइन् ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले शिक्षामा ३ करोड भन्दा बढी गाउँपालिकाले लगानी गरेको बताउदै , साइकल वितरण गर्न थालेपछि बिद्यालयमा छात्राहरूको संख्या बढदै गएकोले कार्यक्रम फलदायी बन्दै गएको बताए।
साइकल वितरण कार्यक्रममा वडा न ७ का अध्यक्ष सखिचन्द्र मण्डल , शिक्षा समिति सदस्य सुन्दर लाल गणेश , शिक्षक महासङका टीका प्रसाद कट्टेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
शिक्षा शाखा प्रमुख जीवन प्रसाद ढकालले स्वागत तथा कार्यक्रमको औचित्यमाथी प्रकाश पारेको कार्यक्रममा डिल्लीराज माविका १३५ , जनता माविका १३१ , जनकल्याण माविका ३५ ,कुवाडी माविका २८ र महेन्द्र माविका २४ छात्रछात्रालाई साइकल पालिकाको निति तथा कार्यक्रम मार्फत शिक्षामा छुट्टाएको बजेटबाट वितरण गरिएको हो । झापा गाउँपालिकामा २०७५ सालदेखि अध्यक्ष जयनारायण शाहले साइकल छात्राहरुलाई दिदै आएकोमा आफ्नो दोस्रो कार्यकालमा भने छात्रछात्रा दुबैलाई दिन शुरु गरिएको छ ।
बहुसंख्यक मुस्लिम ,आदिवासी , बिपन्न परिवारको बसोबास रहेको झापा गाउँपालिकामा १२ सम्म अध्यन गर्ने विद्यार्थीलाई समेत छात्रवृत्ति दिदै आएको छ ।