झापा । 

झापाबाट भारतबाट भन्सार छलेर नेपाल ल्याइदै गरेको सामाग्री प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रवार बिहान अन्दाजी ४ बजेको समयमा प्रहरी चौकी सतिघट्टा उक्त सामान पक्राउ गरेको हो । 

प्रहरी सहायक निरिक्षक छत्रलाल श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले झापाको मेचीनगर नगरपालिका ७ मलामिटारबाट  भारतबाट नेपाल तर्फ भन्सार छली ल्याउदै गरेको जुत्ता, चप्पल जम्मा ६५हजार मूल्य बराबरको सामान नियन्त्रण लिएको हो ।

नियन्त्रणमा लिइएको उक्त समान प्रहरी चौकी सतिघट्टामा ल्याएर राखिएको र सो सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।