झापा । 

झापाबाट दुई लाख ९० हजार मूल्य बराबरको लाइटर नियन्त्रण गरिएको छ । मेचीनगर नगरपालिका वडा नम्वर ७ धनकुटेबस्ती स्थित परालको कुन्यूमा लुकाई छिपाई  राखेको अवस्थामा प्रहरीले उक्त मूल्य बराबरको २९ काटुन लाईटर नियन्त्रणमा लिएको छ । 

इलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बल नेपाल प्रस्थावित सिमा सुरक्षा गुल्म काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले बुधवार साँझ ६ बजेको समयमा लाइटर नियन्त्रण गरेको हो । 

लाईटर नियन्त्रण लिएर सो सम्बन्धमा थप अनुसन्धान कार्य जारीरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।