बिर्तामोड । 

महिलाहरुको हकअधिकारका लागि झापामा महिला मानवअधिकार रक्षक सञ्जाल झापाको पुर्नर गठन भएको छ । सञ्जालले बिर्तामोडमा पत्रकार सम्मेलन  गरी सोमवार (आज) सञ्जालको कार्य समितिको नामावली सार्वजनिक गरेको हो । 

नौ सदस्यीय कार्य समिति भएको सञ्जालको अध्यक्षमा अधिवत्ता कविता बास्तोला चयन भएकी छिन् । समितिको उपाध्यक्षमा कमला भट्टराई, सचिवमा लीला अनमोल, सह–सचिवमा संस्कृति रिजाल र कोषाध्यक्षमा पुष्पाञ्जली सिन्हा ठकुरी चयन भएका छन् ।

समितिको सदस्यमा शिखा खड्का गणेश, सनम राजवंशी, चन्चला सुब्बा छन् । त्यस्तै सञ्जालको सल्लाहकारमा कोशी प्रदेश पूर्व सांसद जसमाया गजमेर, जिल्ला समन्वय समिति झापाकी उपप्रमुख शान्ता रोक्का र अधिवत्ता शान्ता पाठक तिम्सिना रहेका छन् ।

स्वागत सञ्जालकी उपाध्यक्ष कमला भट्टराईले गरेको कार्यक्रममा मानव अधिकार सञ्जाल झापाका अध्यक्ष डा. रुपक खनाल, सञ्जालका सदस्य नरेश खाती, बीरता लेडी जेसीजकी संस्थापक संस्थापक अध्यक्ष शारदा रिजाल, महिला उद्यमी पार्वता बिमली, बीरता लेडी जेसीजकी अध्यक्ष मिनु ओलीलगायतले आ–आफ्नो भनाई राखेका थिए ।

महिला अधिकार रक्षकको क्षमता अभिबृद्धि गर्दै महिलाहरुमाथि हुने हिंसा, महिला अधिकार उल्लङ्घन, बिभेदलगायतका बिषयमा कार्य गर्दै त्यस्ता समस्या सामुहिक रुपमा अन्त्य गर्ने उदेश्यले सञ्जालको पुर्नर गठन गरिएको बताइएको छ । कार्यक्रमको सञ्चालन सचिव लीला अनमोलले गरेकी थिइन् ।