चारपाने ।

झापाको बिर्तामोडमा योङ कम्युनिष्ट लीग (वाइसिएल) नेपाल झापाले आयोजना गरेको छैटो जिल्ला सम्मेलनमा आउँदै गरेको बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । 

वाइएिलका कार्यकर्ता लिएर आउँदै गरेको यात्रुसबाहक वस चारपानेमा अनियन्त्रित भएर पल्टिएको थियो । सो दुर्घटनमा दुर्घटनामा २७ जना घाइते भएका हुन् । गौरीगञ्जबाट बिर्तामोडतर्फ आउँदै गरेको को १ ख ३००९ नम्बर को बस चारपानेमा बाटो दक्षिणपट्टि आफै अनियन्त्रित भएर पल्टिएको थियो ।

दुर्घटनामा गौंरीगञ्ज–४ का २४ बर्षिय चमारु मालि, गौरीगञ्ज १ का १९ बर्षिय रवि कोच, २२ बर्षिय अजय कोच गौरीगञ्ज २ का २० बर्षिय शंकर आस्था, २९ बर्षिय प्रेमोद ताजपुरीया, वडा नं. १ का २२ बर्षिय  भरत राजवंशी २ का ४७ बर्षिय शिब मुर्मु, २० बर्षिय अशोक ताजपुरीया, ३२ बर्षिय गंगालाल राजवंशी,  ४० बर्षिय सुर्यप्रसाद राजवंशी, वडा नं. ४ का ४४ बर्षि रमेश्वर मालि, १४ बर्षिय झलनाथ राजवंशी, १८ बर्षिय नरेशप्रसाद राजवंशी रहेका छन् । त्यसैगरी  

गौरीगञ्ज ४ का ३० बर्षिया मेनुका राजवंशी, वडा नं. ५ की २५ बर्षिया सुनिता राजवंशी, ३५ बर्षिया सहुना राजवंशी, वडा नं. ३ का ५६ बर्षिय राजेन्द्र राई, वडा नं. २ का १४ बर्षिय राहुल ताजपुरीया, वडा नं. १ का २४ बर्षिय निर्मल राजवंशी, २० बर्षिय खगेन्द्र राजवंशी,  वडा नं. २ का  २२ बर्षिय अजय कुमार ताजपुरीया, ४० बर्षिय मिनिराज राई, ५५ बर्षिय हंसिनारायण राजवंशी, १९ बर्षिय दिपक बास्के, ४४ बर्षिय मोति नेपाल र ४४ बर्षिय चक्र भुजेल रहेका छन् । सवैको अवस्था सामान्य रहेको छ घाइते उनीहरुको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।