बिर्तामोड । 

१३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बिर्तामोडको गोर्खा टेलरिङले दुई जना श्रमिकलाई सम्मान गरेको छ । बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि टेलरिङमा कार्यरत उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको गोर्खा फाउण्डेशनका अध्यक्ष तथा टेलरिङका प्रबन्ध निर्देशक वीरु दर्नालले जानकारी दिए । 

टेलरिङका कटिङ मास्टर नन्दु राजवंशी र बिक्री प्रबन्धक मेघप्रसाद अधिकारीलाई बुधवार (आज) नगदसहित सम्मान गरिएको हो । 

दश वर्ष अघिदेखि सञ्चालनमा आएको गोर्खा टेलरिङले खाँडीको दौरा, अल्लोको कोट, विवाहको सुट, कार्यालय पोशाक एवम् विद्यार्थी पोशाक उपलब्ध गराउँदै आएको छ ।

सामाजिक कार्यमा समेत समर्पित गोर्खा टेलरिङले बिभिन्न समयमा गोर्खा फाउण्डेशनमार्फत् सामाजिक कार्यमा योगदान दिँदै आएको छ ।