- रन्जित परियार
अर्जुनधारा ।
महेश्वरी महिला मञ्च मेचीले श्रमिक दिवसमा श्रमिकहरुलाई फलफूल र छाता प्रदान गरेको छ ।१३५ औ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा अर्जुनधारा ११ का ३० मजदुरहरुलाई फलफुलसहित छाता प्रदान गरेको छ ।
संसारका सबै श्रमिकले बराबरी श्रमको मुल्य प्राप्त गरून् भन्दै बुधवार (आज) कै दिन मे १ बाट श्रमिक दिवस मनाउन थालिएको र सुरक्षित रोजगारका लागी सदैव सरकार, उद्योग एवम् ब्यवसायीहरुको अहम भुमिकाले श्रमिकहरुलाइ प्रोत्साहन रहने सामाजिक ब्याक्तित्व कार्यक्रमका प्रमुख अतिथि जगतबहादुर मगरले बताए ।
श्रमिकलाई सितलता दिने छाता र फलफूल एउटा श्रमजीवीहरुलाई समेत सम्मान र प्रोत्साहन गरिदिएकोमा अतिथि श्रमजीवी हेमराज मगरले आयोजक सस्थालाई धन्यवाद व्यक्त गरेका थिए ।
मञ्चकी अध्यक्ष रिता चित्त्लाङ्गियाको अध्यक्षमा सञ्चालित कार्यक्रम ज्योति गटानीले स्वागत र कार्यक्रमको सहजीकरण सचिव सुधा तोसनिवालले गरेकी थिइन् ।