इलाम  । 

मेची राजमार्ग अन्तर्गत रोङ–४ को बाघखोरमा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  आज (बुधबार) बिहान झापाबाट इलामतर्फ जाँदै गरेको मे १ ज ३२६३ नम्बरको मारुती भ्यान अनियन्त्रित भएर राजमार्गबाट करिब पाँच सय मिटर तल खसेको थियो । 

बिहान ५ बजे भएको दुर्घटनामा अन्दाजी २४/२५ भ्यान चालक इलाम देउमाई नगरपालिका ६ का अन्दाजी २४–२५ का दिपेश राई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

त्यस्तै दुर्घटना स्थलमा खोजतलास गर्ने क्रममा इलाम नगरपालिका ५ का अन्दाजी २५/२६ बर्षिय विश्वास राई घाइते अवस्थामा फेला परेका छन् । घाइते राईको शरीरको विभिन्न भागमा चोट लागेको र तत्काल बोल्न नसक्ने उनलाई घटनास्थलबाट उद्धार गरी उपचारको लागि बीएण्डसी हस्पिटल बिर्तामोडतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

 भ्यानमा कति ब्यक्ति सवार थिए भन्ने केही खुल्न सकेको छैन । अहिले थप प्रहरी टोली घटनास्थल तर्फ गएको बताइएको छ । घटनाबारे थप जानकारी आउन बाँकी छ ।