बिर्तामोड। 

झापाको बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा वेभ मा आधारित भौगोलिक सूचना तथा सम्पत्ति व्यवस्थापन र सुपरिवेक्षण प्रणाली (जीआइएस) लागू भएको छ ।

दियालो टेक्नोलोजीले निर्माण गरेको यो प्रणाली सोबार (आज) संस्थाको सभाहलमा आयोजित एक कार्यक्रममा बीच हस्तान्तरण गरिएको हो। दियालो टेक्नोलोजीका प्रबन्धक रोषन गौतम र जन सम्पर्क अधिकारी उत्तम खड्काले संस्थाका अध्यक्ष मेघराज बास्तोला, सल्लाहकार हर्कलाल गिरीलगायत संस्थाका पदाधिकारीलाई हस्तान्तरण गरेका हुन् । 

जीआइएस प्रणाली मार्फत मिटर रिडिङका लागि एन्ड्रोइड मोबाइल एप्लिकेसन मिटरमार्क, बिलिङ व्यवस्थापन, सूचना र सञ्चारको लागि एसएमएस प्रणाली, अनलाइन प्रणाली बाट खानेपानी को महसुल भुक्तानी, बित्तीय लेखा, जिन्सी व्यवस्थापन, ग्राहक सेवा व्यवस्थापन, ग्राहकका लागि स्वमिटर रिटिङ लगायतका  सेवा अनलाइन मार्फत हुने दियालो टेक्नोलोजीका रोशन गौतमले जानकारी दिए।

संस्थाका अध्यक्ष मेघराज बास्तोलाले संस्थालाई प्रविधीयुक्त बनाउन साधारणसभाबाटै निर्णय गरेर जी आईएस प्रणाली लागू गरिएको बर्ताए। उनले सम्झौता अनुसार दियालो टेक्नोलोजीले आईएस प्रणाली हस्तान्तरण बताउँदै यसको प्रभावकारिता हेर्न बॉकी रहेको बताए । 

कार्यक्रममा संस्थाका सल्लाहकार राजेन्द्र लिङ्देन, जिल्ला खानेपानी डिभिजन कार्यालयका प्रमुख विकास काफ्ले, इन्जिनियर रोजन जोशी, काँकरभिट्टटा खानेपानीका अध्यक्ष राजकुमार पराजुली, चारआली खानेपानीकी उपाध्यक्ष पुष्पादेबी बखिम लिम्बु, उपाध्यक्ष शैलेन्द्र सिटौला, कोषाध्क्ष सारदा रिजाल, सदस्यहरु लगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन सचिव पारसमणि मैनालीले गरेका थिए । २४ औं घण्टा पानी आउने बिर्तामोड खानेपानीमा १० हजार बढी उपभोक्ता रहेको बिर्तामोड खानेपानीका व्यवस्थापक खड्ग गिरीले जानकारी दिए । खानेपानीले ६ महिनाको अवधिमा २२ लाख ५० हजार रुपैयाँको लागतमा जीआइएस प्रणाली सञ्चालन गरेको बताइएको छ ।