हल्दीबारी । 

संघ र प्रदेशबाट अनुमान गरिएजती बजे स्थानीय तहमा नआउँदा अधिकांश पालिकाको विकास योजनामा प्रभाव परेको छ । आर्थिक मन्दीकै कारण संघर र प्रदेशबाट कम बजेट आउँदा देशभरका ७५३ वटै स्थानीयका नयाँ र ठूला आयोजनामा प्रभाव परेको हो ।  

संघीय सरकार र कोशी प्रदेश सरकारबाट भने जती बजेट नआएपछि झापाको हल्दीबारी गाउँपालिकामा पनि त्यसको प्रभाव परेको छ ।  संघ र प्रदेशको बजेट साथै राजश्व संकलनमा कमीका कारण पालिकामा बिकास योजना प्रभावित भएको पालिकाले जनाएको छ । देशमा पछिल्लो समय देखिएको आर्थिक मन्दीसँगै प्रत्येक स्थानीय तहमा संघीय सरकार र प्रदेश सरकारबाट अनुमान गरिएको बजेट भनेजती नआएपछि पालिकाले नयाँ र ठूला आयोजनामा अपेक्षा गरे अनुसार कार्य गर्न गर्न सकेको छैनन् । 

हल्दीबारी गाउँपालिकाले आर्थिक बर्ष २०८०÷०८१ लागि संघीय, प्रदेश र स्थानीयबाट ४८ करोड ७२ लाख ९३ हजार ३२३ रुपैयाँ ७४ पैसा अनुमानित गरेको भएपनि बैशाख महिनासम्ममा २९ करोड ९९ लाख ९६ हजार ७८० रुपैयाँ ७० पैसा मात्र आम्दानी गरेको छ । १८ करोड ७२ लाख ९६ हजार ५४३ रुपैयाँ ०४ पैसा आउन बाँकी रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) ले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत महेन्द्रले हल्दीबारी गाउँपलिकामा सुचारु विकासका योजनाहरु उपलब्ध भए अनुसारको बजेटबाट गरिरहेको बताएका छन् । 

प्रमुख प्रशासकीय अधिकृत महेन्द्रका अनुसार समानीकरण र राजश्व वाडफाँडको ५५ प्रतिशत मात्र बिनियोजित हुने परिपत्र जारी भएको र अर्को परिपत्र नआएकाले पनि पालिकामा नयाँ र ठूला आयोजना लक्ष्य अनुसार अघि वढ्न सकेका छैनन् । 

संघीय सरकारबाट समानीकरण अनुदानबापत १० करोड ९८ लाख, शसर्त अनुदान चालुवापत १८ करोड ८३ हजार, शसर्त अनुदान पुँजीगतवापत ७३ लाख, बिशेष अनुदान पुँजीगतवापत १ करोड १५ लाख समपूरक अनुदान पुँजीगतवापत ५० लाख बार्षिक अनुमानित आय अनुमान गरिएको थियो । जसमा गत महिना चैतसम्ममा संघीय सरकारबाट समानीकरण अनुदानबापत ६ करोड ८१ लाख ९४ हजार २८५, शसर्त अनुदान चालु वापत १२ करोड ८६ लाख ५३ हजार ४०, शसर्त अनुदान पुँजीगतमार्फत ४१ लाख ५४ हजार, बिशेष अनुदान पुँजीगतवापत ३० लाख, समपूरक अनुदान पुँजीगतवापत ३० रुपैयाँ मात्र आएको पालकाले जनाएको छ । 

कोशी प्रदेश समानीकरण अनुदानबापत ६७ लाख ८५ हजार, शसर्त अनुदान चालु वापत ११ लाख ७५ हजार, शसर्त अनुदान पुँजीगतवापत १ करोड ४२ लाख, समपूरक अनुदान पुँजीगत एक करोड रुपैयाँ अनुमान गरिएको थियो । जसमा प्रदेशबाट समानीकरण अनुदानबापत ५० लाख ८८ हजार ७५०, शसर्त अनुदान चालु वापत ३ लाख ९१ हजार ६६५, शसर्त अनुदान पुँजीगतवापत ४७ लाख ३३ हजार ३३१, समपूरक अनुदान पुँजीगत ३३ लाख ३३ हजार ३३३ रुपैयाँ मात्र आएको प्रमुख प्रशासकीय अधिकृत महेन्द्रले जानकारी दिए । 

संघीय सरकार राजश्व बाँडफाडबापत ८ करोड ९६ लाख ८९ हजार ४०० अनुमान गरिएकोमा कुल आम्दानी ५ करोड ३६ लाख १ हजार ८१७ रुपैयाँ ९१ पैसा आएको छ । प्रदेश सरकार राजश्व बाडफाँड अनुमानीत ४१ लाख ११ हजार मध्ये २८ लाख ६३ हजार ५७५ रुपैयाँ ६४ पैसा आएको छ । 

स्थानीय सरकारबापत राजश्व बाडफाँडबापत अनुमानीत ८० लाखमा हालसम्म कुल आम्दानी ४३ लाख ६४ हजार ८७८ रुपैयाँ ७४ पैसा मात्र भएको पालिकाले जनाएको छ । 

त्यस्तै आन्तरिक स्रोत नगद ३ करोड एक लाख  ७० हजार अनुमान गरिएको भएपनि यो समाचार तयार पार्दासम्ममा १९ लाख ३८ हजार १०० रुपैयाँ ६७ पैसामात्र संकलन भएको छ । आन्तरिक स्रोत बैंक मौज्यात नगद ९४ लाख ७९ हजार ९२३ रुपैयाँ ७४ पैसा अनुमान गरिएकोमा आम्दानी पनि सोही अनुरुप भएको पालिकाले जनाएको छ ।  

हल्दीबारी गाउँपालिका मात्र नभएर देशभरका पालिकामा संघीय र प्रदेशको बजेट अनुमान गरिए अनुसार नआउँदा ठूला र नयाँ विकासका आयोजना अपेक्षा गरेजती नहुने देखिन्छ । 

haldibar bajet