झापा । 

झापाको कनकाई नगरपालिका वडा नम्बर ३ सुरुङ्गा पुलमा गएराती भएको सवारी दुर्घटना घाइतेको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका वडा नम्बर ७ का ३८ बर्षिय तेजमणि खरेल रहेको छन् । बुधवार राती ७ः५५ बजेको समयमा दुर्घटना भएको थियो । 

बिर्तामोडबाट झिलझिलेतर्फ जाँदै गरेको रा १ प ६३०० नम्बरको मोटरसाइकललाई तत्काल नम्बर नखुलेको  सवारी साधनले ठक्कर दिदा मोटरसाइकल चालक खरेल गम्भीर घाइते भई बीएण्सी अस्पताल बिर्तामोड पठएकोमा थियो । 

 डाक्टरले चेकजाँच गर्दा उनको मृत्यु भएको बताइएको छ । त्यस्तै सोहि मोटर साइकलमा पछाडि सवार मेचीनगर–१० का २९ बर्षिय प्रसन्न दनुवारको अनुहारमा चोट लागेको, अवस्था मध्यम रहेको र बीएण्सी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

ठक्कर दिने सवारीसाधन तत्काल फेला नपरेको र मोटरसाइकल इलाका प्रहरी कार्याकय सुरुङ्गाको नियन्त्रणमा रहेको साथै थप अनुसन्धान कार्यभइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।