सुरुङ्गा ।

 झापाको कनकाई नगरपालिकामा किटजन्य रोगहरु बारे स्वास्थ्यकर्मी, स्वयंसेविका तथा अन्य सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम भएको छ । 

स्वास्थ्य कार्यालय झापाको आयोजना तथा कनकाई नगर स्वास्थ्य शाखाको समन्वयमा बुधवार (आज) अन्तरक्रिया भएको हो । 

कनकाई नगर निमित्त प्रमुख प्रशासकीय अधिकृत जमुना कटुवालको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । 

किटजन्य रोगहरु अन्तरगत हात्तीपाइले रोग र त्यसको निवारणका बारेमा स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख रमेश बाह्रकोटीले प्रस्तुती करण दिएका थिए ।  उनले हात्तीपाइले रोगका लक्षण र बच्ने उपायका लागि औषधी सेवनलगायतका बारेमा जानकारी दिएका थिए । 

स्वागत स्वास्थ्य कार्यालय झापाका प्रतिनिधि युवनाथ बरालले गरेको कार्यक्रममा डा.सन्जिव यादव, कनकाई नगर अस्पतालका डा. धमेन्द्र मण्डल, स्वास्थ्य निर्देशनालय धनकुटाकी सुरक्षा खत्री, फेयरमेड फाउण्डेशनका संजय श्रेष्ठ, प्रमिला पराजुली, विश्वास परियोजनाकी सामाजिक स्वास्थ्य सहजकर्ता कोपिला अधिकारीलगायतको  उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण कनकाई नगर स्वास्थ्य शाखा प्रमुख खगेन्द्र दंगालले गरेका थिए ।