सुरुङ्गा । 

झापाको कनकाई–३ सुरुङ्गामा विशेष पूजा अर्चनासहित विविध कार्यक्रमका साथ हनुमान जयन्ती मनाइएको छ ।  पाथीभरा मारबाडी समाज तथा अग्रवाल समाज नगर समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । मंगलबार (आज) हनुमान जन्मजयन्तीको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको आयोजक सस्थाले जनाएका छ्न्।

हनुमान मन्दिरमा पाठ–पारायण गर्दै  बिहान् १० बजेबाट हनुमानजिको (तस्बिर, ब्यानर, झन्डा) सहित सयौंको संख्यामा  रहेका सहभागीहरुले सुरुङ्गा बजारभरि निशान यात्रा विशेष झाँकी, श्रीराम भजन गित संगितसहित  सुरुङ्गा बजार परिक्रमा गर्दै पुनः मन्दिरमा नै फर्की  महाप्रसाद (भण्डारा) पूजा  पाठ पारायण प्रसाद तथा हनुमान चालीस पुस्तक वितरण समेत गरेका थिए । 

समाजका अध्यक्ष  ईश्वरचन्द्र गोयलको अध्यक्षतामा भएको संक्षिप्त कार्यक्रममा  कनकाई वडा न ३ का अध्यक्ष  युवराज चौलागाईं, वडा सदस्य गोविन्द सुवेदी, अनिलकुमार गोयल, ईलाका प्रहरी कार्यलय सुरुङ्गाका प्रमुख प्रवीण भट्टराई, ट्राफिक प्रहरी कार्यलय सुरुङ्गा प्रमुख टंकप्रसाद दाहाल लगायको उपस्थिति रहेको थियो ।

 सहभागीहरुलाई १ सय ५० बढी हनुमान चालीस पुस्तक वितरण गरिएको आयोजक सस्थाका सदस्य सचिन वंशलले जानकारी दिए।अहिले सन्ध्याकालिन समयमा समेत विशेष कार्यक्रम रामायण पाठ, अष्टयाम संकीर्तन संचालन भइरहेको जनाइएको छ।