बिर्तामोड । 

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिकाले गुडिया बनाउने तालिम गरेको छ । नगरले वडा नम्बर १ मा  गत चैत्र १९ गतेदेखि गरेको तालिम सम्पन्न भएको हो । 

तालिममा वडाका १३ जना महिलाहरुले सहभागिता जनाएका थिए । तालिममा सहभागीहरुलाई आइतबार आयोजित एक संक्षिप्त कार्यक्रमका विच प्रमुख अतिथि वडा नम्बर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेले प्रमाण पत्र वितरण गरेका हुन् । 

कार्यक्रममा वडाध्यक्ष पाण्डेले तालिममा सिकेको सिपलाई व्यवसायिक बनाउन आग्रह गरे । नगरपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाउन लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गुडिया बनाउने, सिलाई बुनाई, ब्याग बनाउने, ढाका बुन्ने, बाख्रा पालन लगायतका तालिम सन्चालन गरिरहेको उनले जानकारी दिए। 

 बिर्तामोड नगरपालिकाले सिपमुलक तालिम प्रदान गरेका महिलाहरुको लागि लागत सहभागितामा आवश्यक मेशिनसमेत उपलव्ध गराउँदै आएको छ ।तालिम समापन कार्यक्रममा वडा सचिब टिका अधिकारी, वडा सदस्य कमला महरा दर्जी , निवर्तमान वडा सदस्य प्रेम खरेलको पनि उपस्थिति रहेको थियो । 

सहभागीहरुले तालिम उपलव्धीमुलक बनेको प्रतिक्रिया दिएका छन् । उनीहरुले सिकेको सिपलाई सदुपयोग गर्नको लागि योजना बनाएर अघि बढ्ने प्रतिवद्दता व्यक्त गरे ।  

गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सहजकर्ता चनिमाया तामाङले तालिम प्राप्तहरुलाई उद्यमी बनाउन नगरपालिकाले सहजीकरण गर्ने बताइन् । उनले त्यसको लागि सबैजना सक्रिय रुपमा अघि बढ्न सबैलाई आग्रह गरिन्  । तालिममा मेनुका चाम्लिङले प्रशिक्षण दिएकी थिइन् ।