बिर्तामोड । 

श्री हनुमान जन्मोत्सव २०८१ को अवसरमा बिर्तामोडमा भब्य निसान शोभा यात्रा हुने भएको छ । आगामी बैशाख १० गते बिहान ९ बजेबाट बिर्तामोड स्थित श्री बालाजी मन्दिरबाट निसान शोभा यात्रा सुरु भई मुक्तिचोक, पूर्व बस स्टाण्ड, भद्रपुर बस स्टप, अदुवा पुल ,पुनः  मुक्ति चोक हुंदै बालाजी मन्दिरमा पुग्ने कार्यतालिका रहेको बालाजी मन्दिरका संयोजक नबिन गोयलले जानकारी दिए । 

हनुमान जन्मोत्सवको अवसरमा प्रत्येक बर्ष कार्यक्रम गरिंदै आएको गोयलले जानकारी दिए । त्यस्तै १० गते सांझ ८ बजेदेखि भारतको कलकताबाट आउने भजन गायिका पुजा नथानीद्धारा भजन प्रस्तुति हुने र ८ बजेपछि भण्डारा प्रसाद वितरण हुने जनाइएको छ । ११ गते पाठ तथा भोग महाप्रसाद एंव भण्डारा कार्यक्रम गरिने जनाइएको छ । 

११ गते बिहान ७ बजेदेखि श्री गणेश पुजन, चोला स्नान सवामणि, छप्प्न भोग, सुन्दरकाण्ड, हनुमान चालीसा तथा हवन लगायतका कार्यक्रम गरिने छ । त्यस्तै सोहि दिन सांझ ७ बजेदेखि भारतको कठिहार बाट पाल्ने प्रख्यात गायक आदर्श दाधिचद्धारा भजन प्रस्तुती र त्यस पश्चात भण्डारा प्रसाद वितरण गरिने जनाइएको छ । 

निसान शोभा यात्रामा ४ सय बढी सहभागी हुने आयोजकले अपेक्षा गरेको छ । कार्यक्रममा सहभागि हुन सबै धर्मावलम्बीहरु समक्ष आयोजकले आग्रह गरेका छन् ।