सुरुङ्गा । 

जामुनवारी सामुदायिक बन उपभोक्ता समुह तथा जामुनखाडी सिमसार पर्यटकीय क्षेत्रको अध्यक्षमा पर्शुराम गिरी निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार रहेका गिरीले पुराना दल एमाले र कांग्रेसका उम्मेदवारलाई पछि पार्दै भारी मतले बिजय भएका हुन् । 

बिहीबार बैशाख ६ गते भएको निर्वाचनमा स्वतन्त्र प्यानलबाट उम्मेद्वार बनेका गिरीले ४३१ मत प्राप्त गरेर बिजयी भएका हुन् । उनका प्रतिद्धन्दी कांग्रेसका बुद्धिमान बोहोरा १४२ र एमालेका सिता अधिकारीले १९२ मत प्राप्त गरेका थिए । 

गिरीले सामुदायिक बनको स्थापना काल २०५२ सालदेखि संस्थापक सदस्यका रुपमा रहँदै २०५८ देखि ०७५ सालसम्म १७ बर्ष ३ महिना अध्यक्षका रुपमा काम गरिसकेका छन् । 

त्यस्तै उपाध्यक्षमा रेनुका खवास निर्वाचित भएकी छिन् । सचिवमा स्वतन्त्रका उम्मेदवार दिपक ओली, कोषाध्यक्षमा चेतकुमारी सापकोटा निर्वाचित भएका छन् । 

सदस्यमा चित्रकुमार श्रेष्ठ, अर्जुनकुमार गिरी र गिता गुरागाई, दिलबहादुर गिरी, निर्वाचित भएका छन् भने सर्वसम्मत रुपमा दुर्गा बर्देवा, बलबहादुर भुजेल, उषादेवी भुजेल, लुमा दाहाल अधिकारी, अशोककुमार न्यौपाने र जानुका गुरागाई निरौला छन् । 

कनकाई स्वतन्त्र गणतान्त्रिक समुहका संरक्षक शेरबहादुर थापाले दलहरुप्रति जनतामा छाएको निराशाको कारण नै मुख्य पदमा स्वतन्त्रको बिजयी भएको बताएका छन् । 

अब अध्यक्ष र सचिवको जितसँगै सामुदायिक बनको बिकास र समृद्धिका लागि बाटो खुलेको थापाले भनाई छ । सामुदायिक बनको ३० वटा टोलको ५ वटा क्षेत्र रहेको र ८ सय ५१ उपभोक्ता मतदाता रहेका छ्न् ।