कनकाई । 

झापाको कनकाई नगरपालिका वडा न २ र १ मा रहेको जामुनबारी सामुदायिक बन उपभोक्ता समिति तथा जामुनखाडी सिमसार एवम्  पर्यटकीय क्षेत्रको पर्सि बिहीवार हुने निर्वाचनमा  जामुनखाडी सिमसार एवम्  पर्यटकीय क्षेत्रमा लाखौ पर्यटक घुम्न आउने वातावरण बनाउने लोकतान्त्रिक प्यालनबाट अध्यक्ष पदका उमेरद्वार  बुद्धिमान बोहोराको प्रतिद्धता जनाएका छन् । 

उनले स्थापना कालदेखि विभिन्न अध्यक्ष बाहेकका सबै पदहरुमा कुशलता पुर्वक कार्य सम्पादन गरिसकेको हुदा यस पटकका लागि अध्यक्षको पदमा आफुलाई निर्वाचिन गराईदिनुहुन सबै मतदातालाई लोकतान्त्रिक प्यालनका अध्यक्ष बोहोराले आग्रह गरेका छन् । 

जामुनबारी सामुदायिक बन उपभोक्ता समिति तथा जामुनखाडी सिमसार एवम् पर्यटकीय क्षेत्रको वैशाख ६ गते पर्सि बिहीवार हुने निर्वाचनमा लोकतान्त्रिक प्यालनका अध्यक्ष बुद्धिमान बोहोराले आफ्नो प्यानलका सबै उमेरद्वारहरुलाई अमुल्य मतदान गरि निर्वाचित गराईदिनुहुन सम्पूर्ण मतदाताहरुमा अनुरोध गरेका हुन् । 

लोकतान्त्रिक प्यालनका अध्यक्ष पदका उमेरद्वार बोहोराले   भने ‘मैले वनको २०५२ साल स्थापना कालदेखिनै हरेक बर्ष कुनै न कुनै पदहरुमा २०५२ सालदेखि ५५ सालसम्म सदस्य, २०५६ सालदेखि २०५९ सालसम्म वन समुहको सहसचिव, २०६० सालदेखि २०६४ सालसम्म सचिव, २०६७ सालदेखि २०७० सालसम्म उपाध्यक्ष र २०७४ सालदेखि २०७७ सालसम्म कोषाध्यक्ष पदमा रहेर कुशलतापुर्वक काम गरिसकेको छु ।’

‘यतिका पदहरुमा काम गरिसक्दा केहि न केही भिजन म मा छ, तर दुभाग्य भनौ विविध कारणले गर्दा मैले वनको नेतृत्व गर्ने भने अवसर पाइन’ अध्यक्ष पदमा उम्मेद्वार  ‘जसले गर्दा मेरा योजना वनमा सहि तरिकारले लागु गर्न सकिरहेको छैन । मैले नेतृत्व लिने यहि सहि समय जस्तो लागेर प्यानलनै बनाएर उम्मेद्धारी दिएको छु ।’

 ‘यसो हुन सकेमा मेरो नेतृत्व विजयी भएको खण्डमा सामुदायिक वनको पर्यापर्यटनमा मिनी चिडियाघरलाई थप व्यावस्थित गरि देशभित्र मात्रै नभएर देश वाहिरबाट समेत बर्षेनी लाखौ पर्यटकलाई हाम्रो चिडियाघरमा भित्राउनेछु । वन संरक्षणको क्षेत्रमा समेत सबै उपभोक्ताहरुको सल्लाह सुझावलाई लिएर अगाडि बढने र वन संरक्षणमा समेत उपभोक्तालाई साथमा लिएर अगाडि वढने तथा उपभोक्ताले काठ तथा वन पैदावर लिने वेलामा समेत सबैको आवश्यकता र आलोपालो मिलाएर बितरण गर्ने छु । कसैलाई काखा कसैलाई पाखा हुन दिने छैन’ बोहोराले  भने । 

 बोहोराले आफु आफै उम्मेद्धारमा उठेको नभई सबै उपभोक्ताको घरदैलोमा गई सुझाव लिदा यसपटक आफै उठनका लागि प्राय धेरै उपभोक्ताले सुझाव दिएको हुँदा त्यहि सुझावका आधारमा उम्मेद्धारी दिएकोले आफ्नो निर्वाचन जित्ने आधार त्यहि भएको बोहोराले बताए । आफ्नो प्यानलबाट आफु अध्यक्षमा बुद्धिमान बोहोरा घडीमा, उपाध्यक्षमा तारा कोइराला हात्तीमा, यसनाथ अधिकारी सचिवको फुटबलमा कोषाध्यक्षमा चेतकुमारी सापकोटा रचना दियोमा, अर्जुन गिरी सदस्यमा बल्भमा र सदस्यमै दिलबहादुर गिरी गैडामा मतदान गर्नका लागि बोहोराले  अनुरोध समेत गरेका छन् । 

यता यहि फागुन ६ गते बिहिवार हुने निर्वाचनमा अन्य थप दुई प्यानल परशुराम गिरी र सीता भट्टराईले समेत अध्यक्षमा उम्मेद्धारी दिएका छन् । गिरी स्वतन्त्र र अधिकारी एमाले प्यानलबाट उम्मेद्धारी दिदा बोहोरालाई नेपाली कांग्रेसका आधिकारीक उम्मेद्धार बनेका हुन् । 

सामुदायिक बनको ३० वटा टोलको ५ वटा क्षेत्र रहेको र ८ सय ५१ उपभोक्ता मतदाता रहेका छ्न। मंगल् बार आज राती १२ बजेदेखि चुनाव प्रचारप्रसार मौन अवधि सुरु हुने र पर्सि ६ गते बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ।

मतदान गर्न  उपभोक्ताले अनिवार्य रुपमा  बनबाट प्राप्त मतदाता परिचय पत्र लिएर जानु पर्नेछ । मतदान गर्न बन समुहले जारी गरेको कार्डमा नाम भएका २ जना मध्ये एकले मतदान गर्न पाउने निर्वाचन समितिले जनाएको छ।