खोटाङ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३० बर्षीय धनजित राईलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । 

छुरा प्रहारमा संलग्न रहेको आरोपमा उनीहरुलाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा दिक्तेल रुपाकोट मझुवागढी–११ का २२ बर्षीय बिकास राई, २० बर्षीय आसन राई र २८ बर्षीय गणेश राई रहेका छन् । 

गत बैशाख १ गते राती ८ बजे आपसी वादविवादको क्रममा धनजित राईलाई उनीहरुले शरिरको बिभिन्न भागमा छुरा प्रहार गरी फरार भएका थिए । छुरा प्रहारबाट घाइते राईको घटना स्थलमै मृत्यु भएको थियो । 

घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय खोटाङ र नजिकमा रहेको प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले खोज तलासको क्रममा घटनामा संलग्न रहेका तीनै जनालाई सोमवार (आज) बिहान दिक्तेल रुपाकोट मझुवागढी–१० मा लुकी छिपी बसेको अवस्थमा पक्राउ गरेको हो ।

हत्या आरोपमा पक्राउ परेका उनीहरुको जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।