ओखलढुंगा।

ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–४ मा चट्याङ लागेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३८ बर्षीय बोमनबहादुर तामाङ रहेका छन् ।

बिहीवार बेलुका साढे ५ बजे घरमा बसिरहेको अवस्थामा बर्षातसँगै परेको चट्याङले लागेर घाईते भएका तामाङलाई उपचारको लागि स्थानिय स्वास्थ्य चौकी लगिएकोमा स्वास्थ्य चौकीमा पुर्‍याउना साथ उनको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय जानकारी दिएको छ ।