झापा । 

झापासहित देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाउँदै छन् । तीस दिनसम्मको व्रत पूरा भएपछि अर्को दिन इद–उल फित्र (इद) पर्व हो । बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगले जनाएको छ । 

इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत हिजो पूरा गर्दै आज ‘इदउत्रफित्र’ मनाउदै छन् ।केही मुस्लिमले ‘इदउलफित्र’को नमाज मस्जिदमा त केहीले ‘इदगाह’मा सामूहिक भेला भइ दुई रिकात नमाज पढेर सम्पन्न गर्छन् ।

इद–उल फित्रमा ‘सेवइ’ खाएर र सामूहिक रुपमा नमाज पढेर यो पर्व मनाइन्छ ।  इदको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ।