विर्तामोड । 

नेपाली कांग्रेस विर्तामोड ५ नम्बर वडा समितिले राजनीति पीडित एवं सञ्चार, शिक्षा, समाजसेवा क्षेत्रका अग्रज १० जना ब्यक्तित्वहरुलाई सम्मान गरेको छ ।

वडा समितिद्वारा नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय विर्तामोडमा आयोजित नयाँ बर्ष २०८१ को अवसरमा शुभकामना आदान–प्रदान, भित्ते पात्रो विमोचन एवं सम्मान कार्यक्रमका बीच सञ्चार, शिक्षा, राजनीति,  समाजसेवा लगायत क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका १० जनालाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा नेपाल प्रेस युनियन केन्द्रीय समितिका सचिव रेजिना गौतम, देवीप्रसाद तिम्सिना, यसोदा ओली, गणेशप्रसाद सिटौला, चन्द्र कट्टेल, खड्गप्रसाद सिटौला, डिल्ली प्रसाई, विष्णुबहादुर राई (मुन्ना) पवित्रा तामाङ र चन्द्रबहादुर सापकोटा रहेका छन् । सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले सम्मान गरेका थिए । 

कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश समिति सदस्य मिरा खड्का, महासमिति सदस्यहरु जलकुमार गुरुङ र सिता पौडेल, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, नेपाली कांग्रेस विर्तामोड नगर सभापति भोजराज सिटौला लगायतले शुभकामना मन्तब्य राखेका थिए । वडा सभापति दिपक मेनेङ्बोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपसभापति सुष्मा पौडेल र सञ्चालन उपसभापति खगेन्द्र प्रसाई तथा सचिव राजेश नेपालले संयुक्त रुपमा गरेका थिए ।