सुरुङ्गा । 

झापा कनकाईस्थित सुरुङ्गाका युवा व्यावसायी तथा सामाजिक व्याक्तित्व लीलाप्रसाद चिमरियाले यस बर्षका लागि लायन्स क्लवको डिस्ट्रिक ३२५ सीको लागि द्धितिय भाईस  डिस्ट्रिक गर्भनरको लागि  उम्मेद्धारी घोषणा गरेर प्रचार प्रसारलाई तीव्र बनाएका छन् । 

 हालै सुरुङ्गामा समेत चिमरियाले आफ्नो झापा जिल्लाभरका लायन्सकर्मीलाई बटुलेर आफ्नो योजना सहितको उम्मेद्धारीवारेमा छलफल शुरु गरेका छन् । सुरुङ्गामा कार्यक्रम गर्नुअघि  विराटनगरमा आयोजित लायन्स क्लवको डिस्ट्रिक ३२५ सीको साझा उम्मेद्धारका रुपमा लायन्सका मल्टिपल जीएसटी कोअर्डिनेटर लायन इन्द्र खत्री राजनले लीला चिमरियालाई यस बर्षको साझा भ्वाईस डिस्ट्रिक गर्भनरका रुपमा प्रस्तुत गरे । 

खत्रीको उम्मेद्धारीलाई डिस्ट्रिक गर्भनर बिजयहरि शर्मा दाहाल, लायन्सका आईपीडिजी लायन धिरज गुरुङ्ग, लायन्सका एफभीडिसी बिकास अधिकारी, एसभीडिजी बबरजंग थापा लगायातले लायन्स चिमरियाको उम्मेद्धारीको वारेमा बोल्दै लायन्सको साझा उम्मेद्धारका रुपमा लीला चिमरिया रहेको र चिमरियाको नेतृत्वले विश्व लायन्सको मर्मलाई आत्मसाथ गर्न सक्ने बताए । 

लायन्सको उद्धेश्यअनुसारको काम गर्न र लायन्स अभियानलाई उचाईमा लैजानका लागि चिमरिया सफल हुने विश्वास व्यक्त गर्दा सिंगो हलले तालीले समर्थन जनाएको थियो । चिमरिया अघिल्लो कार्यकालमा समेत सेकेन्ड भाईस डिस्ट्रिक गर्भनगरको दावी रहेको भएपनि आफुले उक्त बर्षमा उम्मेद्धारी त्याग गरेर उदारता प्रस्तुत गरिसकेको कारण चिमरियाले सिंगो लायन्स अभियानमा धैर्यताको नमुना प्रस्तुत गरिसकेको सहभागिले बताएका छन्। 

लीला चिमरियाले सन २००८ मा समेत यस क्षेत्रमा प्रथम पटक सुरुङ्गा जेसिजको स्थापना गरि यस क्षेत्रका ४० बर्ष मुनिका युवालाई समेटेर युवाको नेतृत्व विकासमा काम गरेका थिए भने चिमरियाकै अग्रसरतामा यस क्षेत्रमा सामुदायिक प्रकृतिको लायन्स भवनको समेत निर्माण गरिसकिएको छ । युवाको क्षमता निर्माणसँगै चिमरियाकै सक्रियतामा यस क्षेत्रमा सन २०१५ र १६ मा लायन्स क्लव अफ कनकाई सुरुङ्गाको स्थापना भएको हो । 

चिमरियाकै अग्रसरतामा हाल लायन्सले समेत आफ्नै सामुदायिक भवन समेत बनाइसकेको छ । यसरी चिमरियाको सक्रियतामा यस क्षेत्रमा एक्कै साथ करोडौ रुपैँयाको २ भवन निर्माण र सञ्चालनमा रहेको छ । चिमरिया लायन्सको अभियानमा लायन्स क्लव अफ कनकाईको संस्थापक अध्यक्षमा मात्रै रोकिएनन उनको लायन्स यात्रालाई जारी राख्नेक्रममा सन २०१७ र १८ मा लायन्सका जोन चेयर पर्शन, २०१८/१९ मा रिजन चेयरपर्शन, सन २०१९÷२० मा एरिया चिफ, सन २०२०÷२१ म एलसीआईएफ डिस्ट्रि कोभर्डिनेटर, सन २०२१/२२ मा लायन्सको क्याम्पीयन १०० चिफ, सन २०२२/२३ र सन २०२३/२४ गरि दुई पटकनै   लायन्सको क्याविनेट सेक्रेटरी भइसकेका छन् ।

 चिमरियाले लायन्समा रहदा आफ्नो क्षमताको उच्च प्रदर्शन गर्दै लायन्सको राष्ट्रियदेखि अन्तराष्ट्रिय लृेवलसम्मका अवार्डहरु प्राप्त गरिसकेका छन् । सन २०१९/२० मा इन्टरनेशनल लिडरसिप अवार्ड, २०२२/२३ मा दोस्रो पल्ट इन्टरनेशनल लिडरसिप अवार्ड यसैगरि सन २०२०/२१ म मल्टीपल अवार्ड, सन २०१७/१८ मा बेस्ट जोन चेयर पर्शन अवार्ड, सन २०१८/१९ मा बेष्ट रिजन चेयर पर्शन अवार्ड र सन २०२२/२३ मा लायन्स अफ द ईयर बाट समेत सम्मानित भएको छन् ।  ४८ बर्षिय चिमरियाले लायन्स र जेसिज बाहेक कनकाई सहारा सर्पदंश उपचार केन्द्र्रका अध्यक्ष , कनकाई उद्योग वाणिज्य संघ, रेडक्रस, लगायातका विभिन्न सामाजिक तथा खेलकुद समितिहरुमा समेत काम गरिसकेका छन् । 

लायन्सको ३२५ सी  क्षेत्रमा १५३ वटा क्लवमा ३१६४ जना लायन्सकर्मीहरु संगठित रहेका छन्। यस बर्षको द्धितिय भाईस गर्भनर निर्वाचित भएमा आगामी २ बर्षपछि स्वत लायन्सको सर्बोच्च पद गर्भनरमा निर्वाचित हुने चलन रहेको छ ।