हल्दीबारी । 

झापाको हल्दीबारी गाउँपालिकाले पशु उपचार केन्द्र भवन शिलान्यास गरेको छ । भवनको गाउँपालिकाका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देनले शिलान्यास गरेका हुन् । हल्दीबारी–५ स्थित पालिका परिसरमा आइतवार लिङ्दनले भवन शिलान्यास गरेका छन् ।  

कोशी प्रदेश सरकारको ७१ लाख ४० हजार ६२७ रुपैयाँ ६७ पैसाको लागतमा निर्माण हुने भवनको सिरहाको आङ्गेलिना कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिले जिम्मा लिएको छ । २०८० चैत १४ देखि २०८१ असार १५ गते कार्य सम्पन्न गर्ने गरी उक्त सप्लायर्ससँग पालिकाले सम्झौता गरेको छ । 

भवन शिलनन्यास कार्यक्रममा, वडा नम्बर ५ का वडाध्यक्ष खड्गबहादुर लावती, वडा नम्बर ४ का वडाध्यक्ष सन्तकुमार थापा, वडा नम्बर १ का वडाध्यक्ष देबीबहादुर थापा, कार्यपालिका सदस्य शान्ता शिवाकोटी, भावना दाहाल, पालिकाका योजना शाखा प्रमुख राजन न्यौपाने, जनप्रतिनिधि, स्थानीय संघ/संस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक ब्यक्तित्व, स्थानीयलगायतको उपस्थिति रहेको थियो ।