चारपाने ।

बतास एमएडब्लु कमसियल भेहिकल प्रालि (आयसर) ले छ वटा बस दीप यातायात प्रालिलाई हस्तान्तरण गरेको छ । नेपालका लागि आधिकारिक बिक्रेता बतास एमएडब्लु कमसियल भेहिकलले झापाको बिर्तामोड–१ स्थित चारपानेमा रहेको शाखाबाट दीप यातायातलाई बसको चावी हस्तान्तरण गरेको हो ।

बतास आयसरले आइतवार (आज) एक समारोहका बिच दीप यातायात प्रालिलाई चावी प्रदान गरेको छ । प्रालिका मेनिजिङ डारेक्टर शान्तराज बतासले दीप प्रालिका अध्यक्ष कपिलकुुमार थापा र प्रवन्ध निर्देशक बसन्तकुुमार तिवारीलाई बसको चावी हस्तान्तरण गरेका थिए ।

पूूर्व कोशी प्रदेश सांसद तथा अग्रज बस ब्यवसायी श्रीप्रसाद मैनालीको प्रमुुख आतिथ्य तथा प्रालिका बतासको अध्यक्षतामा भएको कार्यक्रममा आयसरका बारेमा जानकारी दिदैै कम्पनीका सेल्स हेड रघुुनाथ पौडेलले स्वागतसमेत गरेको थिए । कम्पनीले नेपाल लगायत विश्वका अधिकांश देशमा नयाँ प्रबिधिसहित निर्यात गरेको साथै नेपालमा पनि अत्याधुुनिक प्रबिधियुुक्त गाडीहरु भित्र्याएर सेवा प्रवाह गर्दै आएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुुसार सुुरक्षित, आरामदायी सवारी साधान भएका कारण उक्त कम्पनीको गाडी ब्यवसायीको रोजाईमा परेको छ । कार्यक्रमको सञ्ञ्चालन बिएमसीभीका ब्रान्च मेनेजर अनिल पौडेलले गरेका थिए । कार्यक्रममा राष्ट्रिय यातायात महासंघ केन्द्रिय उपाध्यक्ष राजेन्द्र रिजाल, दीप यातायातका प्रवन्ध निर्देशक बसन्त तिवारी, बस ब्यवसायी हेमराज दाहाललगायतले शुुभकामना मन्तव्य राखेका थिए ।