सुरुङ्गा । 

झापा कनकाई नगरपालिका वडा नम्बर ३ का वडा सदस्य गोबिन्द सुवेदीले मदिना जामे मस्दीजमा मिष्ठान तथा भोजनका लागि खाद्यन्न सामाग्री वितरण गरेका छन् । 

हिन्दु र मृस्लिम समुदायलाई एकसुत्रमा बाध्ने उदेश्यले सुवेदीले शुक्रवार (आज) कनकाई–३ को जामे मस्दीजमा फलफूलसहित मिष्ठान भोजनका लागि सामाग्री वितरण गरेका हुन् । 

हिन्दू र मुस्लिमबिचको भाइचारालाई अझ मजबुत बनाउन उनले आज बिहान खाद्यन्न सामाग्री अन्तरगत फ्रुटी, स्याउ, सुन्तला, भूजालगायत वितरण गरेका थिए भने साँझ मस्दिजमा पुगेर उनीहरुका साथमा खुसी साटासाट गरेका छन् ।

masdij

धर्म फरक–फरक भएपनि हिन्दू र मुस्लिमसहित सवैकोे उदेश्य एउटै भएकाले मुस्लिमको पबित्र रमजानमा भाइचाराको सम्बन्ध कायम गर्न पनि यस कार्यले मद्दत मिल्ने सुवेदीले बताए । उनले धर्मकर्ममा बितृष्णा पैदा गर्न नहुने बताउँदै सवैको धर्मको सम्मान गर्नु पर्नेमा जोड दिदै आएका छन् ।  

सुवेदीसहित मस्दिजमा कनकाई–३ का वडाध्यक्ष युवराज चम्लागाई, नेकपा एमाले जिल्ला कमिटी सदस्य रबिन्द्र लम्साल, कमल कट्टेल र सुवेदीका काका कृष्णप्रसाद सुवेदीसहितको टोली साँझमा मस्दिजमा पुगेर रमजानको शुभकामना आदान–प्रदानसमेत गरेका थिए । सुवेदीले यसअघि पनि बिभिन्न सामाजिक कार्य गर्दै आएका छन् । गत फागुन २९ गतेबाट शुरु भएको रमजान चैत २८ गते सम्पन्न हुनेछ ।