बिर्तामोड ।  

झापा बिर्तामोड नगरपालिका वडा नम्बर ५ सुकुम्बासी टोलमा दुई वटा घरमा भएको आगलागीमा करिव १५ लाख रुपैयाँको क्षति भएको छ । सोही स्थानका बद्रीकुमार दर्जीको घरमा शुक्रबार बिहान ९ः३० बजेको समयमा पूजा कोठामा सल्काएको अगरबत्तीबाट अचानक आगो सल्किएर आगलागी भएको थियो । 

आगलागीबाट टिनको छानो टाटीबेरा भएको १ तले घर तथा घरमा रहेको काठपात, फर्निचरका सामान, अन्नपात, लत्ताकपाडा, भाँडाबर्तन, नागरिकतालगायतका सामाग्री जलेर नष्ट हुँदा ७ लाख रुपैयाँ बराबरको क्षेति भएको थियो । 

त्यसैगरी सोही आगलागीबाट नजिकै रहेको जैगुन खातुनको टिनको छानो टाटीबेरा भएको १ तले घर तथा घरमा रहेको काठपात, फर्निचरका सामान, अन्नपात, लत्ताकपाडा, भाँडाबर्तन, नागरिता लगायतका महत्वपूर्ण कागजात जलेर नष्ट हुँदा अन्दाजी ८ लाख रुपैयाँ बराबरको क्षेति भएको छ । 

स्थानिय, नेपाल प्रहरी, बिर्तामोड नगरपालिकाको दमकल समेतको सहयोगमा १०ः३० बजेको समयमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।