झापा । 

झापाको बाह्रदशी गाउँपालिका वडा नम्बर–२ जनता बजारमा गएराती चोरी भएको छ ।  सोही स्थानका शेसलाल राजबंशीको घरमा डेरा गरी बस्ने भारतको किसनगञ्ज ग्रामपञ्चयात घनतोला–६ पाँचगाछी बिहारका उमाशंकर गिरीको कोठामा चोरी भएको हो । 

रातको १ः३० बजेको समयमा गिरीको कोठाबाट दुई वटा मोबाइल चोरी गरेर भाग्दै गरेपछि उनले इलाका प्रहरी कार्यालय राजगढमा खवर गरेका थिए । 

 गिरी आफ्नो कोठामा सुतिरहेको अवस्थामा उनको कोठाको झ्याल खोली झ्यालबाट कोठा भित्र प्रबेश गरी दुई थान मोबाइल चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरीलाई खवर गरेका थिए । 

 भाग्दै गरेको अवस्थामा  प्रहरी र स्थानियबासीको सहयोगमा भद्रपुर– ७ का २६ बर्षिय मुकेश कामीलाई पक्राउ गरिएको छ । पक्राउ परेका कामीलाई इलाका प्रहरी कार्यालय राजगढ झापामा ल्याएर उनको साथमा भएका बिभिन्न सामाग्री नियन्त्रण गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।