झापा ।

 नेपाल दशनामी समाज सुनसरीले बार्षिक कार्यक्रम अन्तरगत नेतृत्व तथा ब्यक्तित्व विकास सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । 

समाजले चैत २४ गते (भोली)  शनिवार इटहरी–२० स्थित रुद्राक्ष पार्टी प्यालेसमा बिहान १० बजेदेखि प्रशिक्षणको आयोजना गरेको समाजका सुनसरी अध्यक्ष गोबिन्द पुरी र सचिव राजनकुमार बनले जानकारी दिएका हुन् । 

समाजको सुनसरी जिल्लाको बार्षिक साधारण सभाका अवसरमा आयोजना हुने उक्त कार्यक्रममा उपस्थितिका लागि दशनामी बन्धुहरुलाई आग्रह गरिएको छ ।